यस वर्षको राधा-लक्ष्मी पुरस्कार राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई

पाेखरा | असोज ९, २०८२

यस वर्षको राधा-लक्ष्मी पुरस्कार राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई

पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ ।
    

समाजिक एवम् धार्मिक व्यत्तित्व स्व.लक्ष्मी शरण उपाध्याय र उहाँकी श्रीमती स्व.राधा पौडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा स्थापित अक्षयकोषको ब्याज रकमबाट प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्व, समाजिक संघ संस्था आदिलाई पुरस्कृत गर्ने गरिएकोमा यस वर्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको हो ।
    

स्व.लक्ष्मी शरण उपाध्यायको जन्मजयन्तीका अवसर पारी एक कार्यक्रमका बीच आज हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायक र अक्षयकोषदाता परिवारका सदस्यका तर्फबाट राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक(महन्त) मुकुन्दशरण उपाध्यायलाई नगद २० हजार पाँच रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको हो ।
    

पुरस्कारका लागि व्यक्तित्व÷संस्था छनौटका लागि प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलको संयोकत्वमा केशव शरण पौडेल र छन्दमणि त्रिपाठी सदस्य रहनुुभएको छनौट समिति गठन गरिएकोमा सो समितिको सिफारिसलाई प्रतिष्ठानले अनुुमोदन गरेको थियो । पुरस्कारका लागि अक्षयकोषको रकम दुुई लाख पच्चीस हजार रुपैयाँ रहेको छ ।
    

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले प्रतिष्ठानद्वारा राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई गरिएको सम्मानको प्रशंसा गर्नुुभयो । सामाजिक एवम् धार्मिक जागरणमा उल्लेख्य योगदान गरिरहेको संस्थालाई गरिएको सम्मान सबैको सम्मान भएको उहाँले धारणा राख्नुुभयो ।
    

राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक मुकुन्द शरण उपाध्यायले स्व. लक्ष्मी शरण उपाध्यायले सामाजिक एवम् धार्मिक क्षेत्रमा पुु¥याउनुुभएको योगदानको स्मरण गर्दैै उहाँको स्मृतिमा पुस्रकार स्थापनार्थ अक्षयकोष राखिएकोमा प्रशंसा व्यक्त गर्नुुभयो ।
    

प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको सभापतित्व एवम् उपाध्यक्ष छन्दमणि त्रिपाठीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन अक्षयकोषदाता परिवारका केशव शरण पौडेल र माधव शरण पौडेलले गर्नुुभएको थियो ।
    

कार्यक्रमका पुरस्कृत प्रतिभा÷संस्था छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेल, छन्द नायक माधव वियोगी, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका का.वा. अध्यक्ष माधव शरण उपाध्याय लगायतले बोल्नुुभएको थियो । 
    

कार्यक्रममा भगवती पन्त, हरिप्रसाद खनाल, धर्मराज पौडेल लगायतले रचना वाचन गर्नुुभएको थियो । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्